बसन्त पत्र्चमीको शुभकामना

Monday 03 February, 2025

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढङ्गले यसको चित्रण पाइन्छ ।
ब्रम्हाण्डका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाणीकी देवी हुन्। राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्।
सरस्वती पूजा लाई ऋषि पञ्चमी, श्री पञ्चमी र बसनेत पत्र्चमीका नामले पनि चिनिन्छ ।